site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
खगेन्द्र र निश्चलपछि ‘घर नम्बर–२’को लाइनअपमा आर्यन

काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर–२’को लाइनअप बलियो बन्ने देखिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य तीन पुरुष पात्र अनुबन्ध गरिसकेको छ । 

चलचित्रमा आर्यन सिग्देल पनि अनुबन्ध भएका छन् । निर्माणपक्ष र आर्यनबीच लिखित सम्झौता भइसकेको छ । खगेन्द्र लामिछाने, निश्चल बस्नेत यसअघि नै फाइनल भइसकेका छन् । निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।

Dabur Nepal
NIC Asia

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ । 

चलचित्रको कथा बुद्धि सागरले लेखेका छन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

सामाजिक कथावस्तुलाई रोचक तरिकाले चलचित्रमा प्रस्तुत गर्ने निर्देशक खनालले बताएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro