site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलविरुद्ध जापानको पुनरागमन जित 

काठमाडौं । इन्ज्युरी समयमा दुई गोल गरेपछि पेरिस ओलम्पिक–२०२४ अन्तर्गत महिला फुटबलमा जापानले ब्राजिलविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।

आइतबार राति पार्क डेस प्रिन्सेसमा जापानलाई जित दिलाउन साकी कुमागा र मोमोको तानिकावाले गोल गरे । ब्राजिलका निम्ति जेनिफर डी सिल्भाले गोल गरिन् ।

पहिलो हाफको इन्ज्युरी समयमा तानाका पेनाल्टीमा चुक्दा जापानले अग्रता बनाउने अवसर खेल फालेको थियो  । जेनिफरले ५६औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएकी हुन् ।

खेलको इन्ज्युरी समयमा साकीले पेनाल्टीमार्फत गोल गर्दै जापानलाई खेलमा फर्काएकी थिइन् । अन्तिम मिनेटमा मोमोकोले गोल गर्दा जापानले २–१ रोमाञ्चक जित निकालेको हो ।

जितसँगै समूह ‘सी’का दुई खेलबाट तीन अंक जोडेको जापान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंककै ब्राजिल तेस्रो स्थानमा छ ।

पहिलो खेलमा जापान स्पेनसँग २–१ ले पराजित हुँदा ब्राजिलले नाइजेरियालाई १–० ले हराएको थियो । यही समूहको अर्को खेलमा स्पेनले नाइजेरियाविरुद्ध १–० को कठिन जित निकालेको थियो ।

अन्य खेलमा कोलम्बियाले न्युजिल्यान्डलाई २–०, अस्ट्रेलियाले जाम्बियालाई ६–५, क्यानाडाले फ्रान्सलाई २–१ र अमेरिकाले जर्मनीलाई ४–१ ले पराजित गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro