site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुई बस खोज्न प्रयोग गरिएको एउटा १९ किलोको चुम्बक शनिबार त्रिशूलीले बगाएको छ ।

नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था अझै अज्ञात छ । अवस्था पत्ता लाग्न नसकेपछि शनिबार भारतबाट मगाइएको दुई चुम्बकको सहयोगमा खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले बस र त्यो दुवैको खोजी जारी रहेको जानकारी दिए । उनले अलि तल चुम्बकको संकेत मिलेको तर भेटिन बाँकी रहेको बताए ।

त्यहाँ १४ र १९ किलोका दुई चुम्बक बसको खोजीका निम्ति प्रयोग गरिएको थियो ।

गएको आइतबारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेस्पोन्स फोर्स) बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रूपमा बस र यात्रुको खोजी गरिरहेको छ ।

गएको असार २८ गते वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता छ ।

उक्त बसमा सवार ६५ मध्ये तीनजना सकुशल निस्किएका थिए । ६२ जना बेपत्ता भएका थिए । तीमध्ये विभिन्न क्षेत्रबाट २४ यात्रुको शव निकालिएको छ । अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro