site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीले काठमाडौं र ललितपुरमा एकैदिन उद्घाटन गर्‍यो दुई अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । विद्युतीय सवारी निर्माता बीवाईडीले काठमाडौं र ललितपुरमा एकै दिन नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको गुह्येश्वरी र ललितपुरको कुपण्डोलमा कम्पनीले शुक्रबार सर्भिस सेन्टरको उद्घाटन गरेको हो ।

दुवै ठाउँका यी सर्भिस सेन्टरलाई बीवाईडीले ‘सुपेरियर र सिन्सियर सर्भिस’ दिने आफ्नो प्रतिवद्धतातर्फको थप प्रयास भएको बताएको छ ।

सर्भिस सेन्टर उद्घाटन कार्यक्रममा बीवाईडी नेपालको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले सर्भिस सेन्टरलाई अत्याधुनिक बनाउन खोजेको बताएका छन् ।

4R4A0064-1721982842.jpg
“हामीले वनस्टप सोलुसनका रूपमा एकै ठाउँबाट सर्भिसिङसँगै बिक्री र अन्य सेवा दिन खोजिरहेका छौँ । हामीले हाम्रा सर्भिस सेन्टरबाट एक महिनामा ५० वटा गाडी डेलिभर गरेका छौँ,” साइमेक्सका सीईओ श्रेष्ठले भने ।

बीवाईडीले टायर र गाडीको सिसाबाहेक ब्याट्री, मोटर सबै आफ्नो उत्पादन गर्ने हुँदा विश्वमै ठूलो र अत्याधुनिक ईभी उत्पादक बन्दै गएको उनको भनाइ छ । 

त्यसैले सन् १९९५ मा स्थापित कम्पनीले छोटो समयमै ८० लाख गाडी बिक्री गर्न सफल भएको उनले बताए । 

4R4A0057-1721982868.jpg
इकोड्राइभ अटोमोबाइल्सका प्रमुख प्रकाश तुलाधरले सर्भिस सेन्टरको स्थापनासँगै सेवा थप सहज बन्दै गएको बताए । 

साइमेक्स इंकका प्रमुख अनिल श्रेष्ठ र बीवाईडीको एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ जुलियाङलगायतले सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।

byd-5-1721983067.jpg

byd-6-1721983067.jpg

byd-7-1721983067.jpg

byd-8-1721983067.jpg

byd-4-1721983066.jpg

byd-1-1721983065.jpg

byd-2-1721983065.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro