site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निर्माण व्यवसायीले लिएको सावाँब्याज मंसिर मसान्तसम्म तिर्न सक्ने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीले तिर्ने सावाँ तथा ब्याजको भुक्तानी अवधि थपिदिएको छ ।

शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा आगामी मंसिर मसान्तसम्म निर्माण व्यवसायीले बैंकलाई तिर्नुपर्ने सावाँ तथा ब्याज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हो । यसले निर्माण व्यवसायीका लागि केही राहत महसुस भएको छ । मौद्रिक नीतिमा भनिएको छ, “निर्माण व्यवसायहरुलाई प्रवाह भएको कर्जाको सावाँब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने ।”

त्यस्तै निर्माण व्यवसायहरुलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्रै कालोसूचीमा समावेश नगर्ने पनि मौद्रिक नीतिमा बुँदा उल्लेख गरिएको छ ।
nirman-1721979451.JPG
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्