site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा ठगहरुको बिगबिगी, एक वर्षमा ३१ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगार विभागले गत असार २७ गते वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा विकास गौतम, सशशेर सुनुवार, विक्रम थापा, मनिष शेर्पा, विमलप्रसाद न्यौपाने, राजीव केसी, रमिला अधिकारी र सुस्मिता गुरुङविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गर्‍यो ।

ती मुद्दामा २० लाख ७० हजार रुपैयाँ बिगो र १० लाख ३५ हजार रुपैयाँ हर्जना गरी कुल ३१ लाख ५ हजार रुपैयाँ पीडितका नाममा भराउन मागदाबी गरिएको छ ।  यसभन्दा अघि ७ दिनअघि असार २० गते वैदेशिक रोजगारीमा ठगी गरेको भन्दै विभागले गोमारानी थोकरविरुद्ध न्यायाधीकरणमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा पीडित यमुना श्रेष्ठलाई बिगो ९ लाख ३६ हजार रुपैयाँ र हर्जाना ४ लाख ६८ हजार रुपैयाँ गरी कुल १४ लाख ४ हजार रुपैयाँ भराउन मागदाबी गरिएको थियो ।  यस्तै, वैदेशिक रोजगारी ठगीकै आरोपमा विभागले गत असार १२ गते भोलाकुमार पटेल, निश्चलकुमार पटेल, नविनकुमार पटेल, उमेशकुमार यादव, मरोसी साहविरुद्ध न्यायाधीकरणमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा बिगो ३७ लाख २ हजार रुपैयाँ र हर्जना १८ लाख ५१ हजार रुपैयाँ गरी कुल ५५ लाख ५३ हजार रुपैयाँ प्रतिवादीहरुबाट भराउन विभागले मागदाबी गरेको छ ।
 
विभागले पछिल्लो एक महिनामा वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी दायर गरेका यी केही मुद्दाहरु हुन् । यस्ता ठगीका उजुरी दैनिक विभागमा पर्ने गर्छ ।  वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीका अनुसार, पछिल्लो एक वर्षमा विभागमा वैदेशिक रोजगारीसम्बन्धी ७ हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । ती उजुरी गत आर्थिक वर्ष २०८०/८१ मा परेका हुन् । 

२०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्म परेका उजुरीमध्ये ३ हजार ८३६ वटा उजुरी फछ्र्याट गरिएको छ । ती उजुरी पछ्र्यौट गर्दा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ क्षतिपूर्ति भराइएको छ । 

गत असार महिनामा मात्र विभागमा वैदेशिक रोजगारीसम्बन्धी ९२१ वटा उजुरी परेका थिए । जसमध्ये ५१६ वटा फछ्र्यौट गरिँदा ३ करोड २१ लाख ९८ हजार १०० रुपैयाँ क्षतिपूर्ति भराइएको थियो । 

वैदेशिक रोजगार विभागले उपलब्ध गराएको विवरण अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा उद्धार, राहत तथा समन्वय शाखामा १ हजार ४४२ वटा उजरी परेका थिए । यीमध्ये ७८७ को फछ्यौट हुँदा ४ करोड ६८ लाख १८ हजार २८५ रुपैयाँ क्षतिपूर्ति भराइएको थियो ।

त्यही अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा २ हजार ९१६ वटा उजुरी परेकामा ४५५ वटामा मिलापत्र भएको थियो । ३९० वटा मुद्दा अदालतमा दायर गरिएको थियो । ती उजुरीमा २४ करोड ४९ लाख ६९ हजार ५२९ क्षतिपूर्ति भराइएको थियो ।

यस्तै, प्रहरी शाखामा गत आर्थिक वर्ष ३ हजार ४ सय ५ वटा उजुरी दर्ता भएका थिए । उजुरीमध्ये ८६ मा मिलापत्र भएको थियो भने २ हजार २१७ फछ्र्यौट गरिएको विभागले जनाएको छ । उजुरी फछ्र्यौट गर्दा १ करोड ७५ लाख १ हजार ६९८ रुपैयाँ रकम असुल गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro