site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् । बिहीबार पार्टी मुख्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले एकीकृत समाजवादीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबाना बुनिँदै छ भन्ने सुन्नमा आएको बताएका हुन् ।

त्यसबारे यकिन भइनसके पनि चनाखो हुनुपर्नेमा उनले जोड दिए । उनले षड्यन्त्रविरुद्ध गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

अध्यक्ष नेपालले पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने भन्दै सचेत गराए । उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।

केन्द्रीय कमिटी बैठकमा माधव नेपालको भनाइ पढ्नोस्–
हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो ? थाहा छैन । तर, कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदो रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हासिल गर्नुपर्छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro