site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उज्वेकिस्तानविरुद्ध स्पेनको जित, अमेरिकामाथि फ्रान्स हाबी

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को पुरुष फुटबलमा स्पेनले उज्वेकिस्तानविरुद्ध २–१ को जित निकालेको छ । बुधबार फ्रान्समा भएको खेलमा स्पेनलाई जित दिलाउन मार्क पबिल र सर्जिओ गोमेजले गोल गरे । उज्वेकिस्तानका एल्डोर सोमुरोडोभले एक गोल फर्काएका थिए ।

खेलको २९औँ मिनेटमा पबिलले गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए । तर, पहिलो हाफको इन्ज्युरी समयमा सोमुरोडोभको गोलमा उज्वेकिस्तान खेलमा फर्कियो ।

६२औँ मिनेटमा गोमेजले गोल गर्दै स्पेनलाई पुनः २–१ को अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा स्पेनले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

प्रतियोगिताको पुरुष फुटबलतर्फ स्पेन समूह ‘सी’मा छ । यो समूहमा स्पेन र उज्वेकिस्तानसँगै इजिप्ट र डोमिनिक रिपब्लिक छन् ।

बुधबार नै भएको अर्को खेलमा फ्रान्सले अमेरिकाविरुद्ध ३–० को सहज जित निकाल्यो । फ्रान्सलाई जित दिलाउन एलेसान्ड्रर लाकाजेट्टी, माइकल ओलिसे र लोइक बाडेले गोल गरे ।

ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा फ्रान्स समूह ‘ए’मा छ । यो समूहमा फ्रान्स र अमेरिकासँगै न्युजिल्यान्ड र गुयना छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro