site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतविरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालले भारतविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।

मंगलबार श्रीलंकाको धमुल्लामा हुने खेलका निम्ति भएको टस जितेर भारतले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको भारतविरुद्ध नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

समूह ‘ए’बाट भारत यसअघिका दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समान खेलबाट दुई अंकको नेपाललाई भने सेमिफाइनल सम्भावना कायम राख्न आज जितको दबाब छ ।

भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro