देश
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आज ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् ।
निरीक्षण तथा अनुगमन गर्दै उनले अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्नेजस्ता समस्या रहेको पाइएको बताए ।
प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले गल्ती गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यालय समय सुरू भएलगतै मुख्यमन्त्री सिंहले आज ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन् । रासस
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १९:५४
प्रतिक्रिया दिनुहोस्