site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र लिङ्देन भन्छन्– राजनीतिक अस्थिरताको जिम्मेवार ठूला दल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति स्थिर नहुनुको पछाडि ठूला दल मुख्य जिम्मेवार रहेको बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा लिङ्देनले ठूला दलहरूका कारण पटक–पटक सरकार परिवर्तनको श्रृंखला देखिएको बताए । 

उनले अहिलेको समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको जिकिर गर्दै यस विषयमा हुने संविधान संशोधन स्वीकार्य नहुने बताए । 

अध्यक्ष लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरूमा आफ्नो सहमति नभएको स्पष्ट पारे । 

लिङ्देनले नयाँ समझदारी बनाएर अगाडि बढेमात्र मुलुकका विद्यमान समस्या समाधान हुँदै जाने धारणा राखे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro