site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सडक शान्त भए सरकार र प्रतिपक्ष कमजोर भए संसद् निरंकुश हुन्छ : अब्दुल खान 
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टी संसदीय दलका उपनेता अब्दुल खानले देशमा सामाजिक न्याय हुन नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले ४० लाखभन्दा बढी दलित र १५ लाखभन्दा बढी मुसलमान भएको देशमा यी समुदायबाट मन्त्री बन्न नसक्नु कुन किसिमको सामाजिक न्याय हो भन्दै प्रश्न गरे ।

उपनेता खानले सुशासन र सेवा प्रवाह अहिलेको महत्त्वपूर्ण विषय भएको पनि बताए । उनले यस अवधिमा संघीयता सवलीकरण र सामाजिक न्यायमा ध्यान पुर्‍याउन पनि अनुरोध गरे ।

Dabur Nepal
NIC Asia

उनले सडक शान्त भए सरकार निरंकुश हुने र प्रतिपक्ष कमजोर भए सदन निरंकुश बन्ने धारणा राखे । 

“सडक शान्त भएपछि सरकार निरंकुश हुन्छ, प्रतिपक्ष कमजोर हुन्छ भने सदन निरंकुश हुन्छ । त्यसकारण प्रतिपक्षको आवाज पनि बलियो हुनुपर्छ,” उनले भने । 

उनले पार्टीमा पनि भक्तिगान भन्दा पनि आन्तरिक आलोचना र आत्मालोचना तर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro