site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'कांग्रेस–एमाले मात्र भएको देश कस्तो हुन्छ होला ?'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमालेका नेताहरूले दुई दलीय व्यवस्थाको वकालत गरेकोप्रति आपत्ति जनाएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बहुदलीय व्यवस्था, समानुपातिक निर्वाचन प्रणाली र समावेशी व्यवस्थाबाट पछि फर्कन नसक्ने बताए । 

“यो सरकार बन्न लागेको समाचार सार्वजनिक हुँदा प्रारम्भमा जे कुरा आएका थिए, एमाले महासचिवले अब हुने सरकारले गर्ने काम र गर्नुपर्ने कुरा टेलिभिजनामा बोल्नुभयो, त्यसपछि हाम्रो आङ सिरिङ्ग भएको छ । तीन ठूला परिवर्तनमा पक्ष विपक्षम थियौँ होला । तर, ००७ सालले प्रजातन्त्र ०४६ ले बहुदलीय व्यवस्था र ०६२ ले समानुपातिक व्यवस्थाबाट मुलुक पछाडि फर्कन सक्दैन । यो गठबन्धनले समानुपातिक समावेशिता सक्ने र दुई दलीय व्यवस्थामा मुलुक लानुपर्छ भनेजस्तो गरेर एमाले महासचिव टीभीमा बोल्नुभयो । कांग्रेस–एमाले भएको देश कस्तो हुन्छ होला ? अरू दल हुँदा त यस्तो छ नभए कस्तो हुन्छ होला ? त्यसकारण यो खतराबाट देश निकाल्न हामी प्रतिपक्षमा बसने निर्णयमा पुगेका छौँ,” उनले भने । 

देशको अस्थिरता साना दलका कारण नभई ठूला दलको व्यवहारको कारणले आइलागेको उनको भनाइ छ ।

“साना दल फुटाउनुहुन्छ के के लोभ देखाउनहुन्छ चलखेल तपाईंहरू के के गर्नुहुन्छ । गणितले मात्र काम गर्ने भए किन किन अघिल्लो पटक वाम सरकार पाँच वर्ष टिकाउन सक्नुभएन?,” उनले प्रश्न गरे । 

उनले राष्ट्रिय सहमतिको सरकार बनाउन चाहेको भए माओवादीसहित फरक मत राख्ने आफ्नो दललाई पनि अटाउने गरी वातावरण बनाउन माग गरे । 

“राष्ट्रिय सहमति कायम गर्न चाहानुहुन्छ भने देशका लागि केही गर्न चाहान्छु भने नवीन समझदारी गर्नुस् । माओवादीलाई पनि अटाउने फरक मत राख्नेलाई नयाँ वातावरण बनाउनुहोस् । अरूलाई पनि मिलाउनुहोस्,” उनले भने, “संविधानमा नमिलेको कुरामा व्यापकरूपमा इमान्दारपूर्वक छलफल गरौँ ।”

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro