site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका निम्ति ‘हेल्प डेस्क’

काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका निम्ति ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।

मन्त्रालयले शनिबार एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।

समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका निम्ति आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।

नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्न सक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिन समेत अनुरोध गरिएको सूचनामा उल्लेख छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro