राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बोलाइएको छ । आइतबार (भोलि) बिहान ११ः४५ बजे बस्ने गरी दलको बैठक आह्वान गरिएको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए ।
सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिने बैठकबाट निर्णय गरिने उनले बताए ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय छ ।
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१ १७:१७
प्रतिक्रिया दिनुहोस्