site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बंगलादेशका विद्यार्थीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ । ऐक्यबद्धतास्वरूप काठमाडौंमा पनि प्रदर्शन गरिएको छ ।

बंगलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियुमा आबद्ध विद्यार्थीले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरूले ‘विद्यार्थी हत्या बन्द गर’, ‘बंगलादेशका विद्यार्थीलाई समर्थन’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुकी अध्यक्ष आरती लामाले बंगलादेशमा विद्यार्थीमाथि जारी दमन र हत्याको विरोध गरिएको बताइन् । त्यहाँ आन्दोलनरत विद्यार्थी संगठनको मागप्रति आफूहरूको समर्थन रहेको उनले उल्लेख गरिन् । उनले बंगलादेशका विद्यार्थीको समर्थनमा विश्वका विद्यार्थी संगठनहरू गोलबन्द हुन जरुरी रहेकामा जोड दिइन् ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाको आन्दोलन जारी छ । आन्दोलनका क्रममा भएको हिंसामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro