site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वासको पक्षमा मतदान गर्न एमालेको ह्वीप
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसद्लाई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आइतबार (भोलि) प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि गर्ने प्रस्तावमा अनिवार्य मतदान गर्न एमालेले आफ्ना सांसद्लाई ह्वीप जारी गरेको हो । 

“साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु हुनेछ,” एमालेका मुख्य सचेतक महेश वर्तौलाले भनेका छन्, “सदनमा अनिवार्य उपस्थित भइ विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको छ ।” 

Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिँदै छन् । 

आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।  
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्