site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिक–२०२४ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् । महाराजगन्जस्थित शितलनिवासमा राष्ट्रपति पौडेलले टोलीलाई बिदाइ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेका थिए ।

जुलाई २६ देखि अगष्ट ११ तारिखसम्म हुने पेरिस ओलम्पिकमा ६ खेलमा सात खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पौडीमा एलेक्जेन्डर शाहले पुरुष १०० मिटर फ्रि स्टायल र डुवाना लामाले महिला २०० मिटर फ्रि स्टायल, एथलेटिक्समा सन्तोषी श्रेष्ठले महिला म्याराथन (४२.१९५ किलोमिटर) तथा ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।

जुडोमा मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि, टेबलटेनिसमा श्यान्टु श्रेष्ठले पुरुष सिंगल्स र सुटिङमा सुस्मिता नेपालले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्जेन्डर, डुवाना र श्यान्टु हाल विदेशमै प्रशिक्षणरत छन् । सात खेलाडीमध्ये श्यान्टु भने छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन लागेका हुन् । टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले ओलम्पिकमा सहभागिता जनाउन लागेको पहिलोपटक हो ।

पौडीको प्रशिक्षकमा नयना शाक्य, एथलेटिक्सको प्रशिक्षकमा कान्ती महतो, टेबलटेनिसको प्रशिक्षकमा राजेन्द्र कपाली, जुडोको प्रशिक्षक देबु थापा र सुटिङको प्रशिक्षकमा प्रदीप खाँती रहेका छन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक एटेची चतुरानन्द राज वैद्य, टिम अफिसियल अशोकरत्न बज्रचार्य, दीपकहर्ष वज्राचार्य, रामजीबहादुर श्रेष्ठ, पुष्पदास श्रेष्ठ, ज्योति राणा, प्रकाशकुमार कुसारी, पिताम्बर तिम्सिना र अफिसियल रिखीराम पोख्रेललाई पनि सोही अवसरमा राष्ट्रपति पौडेलले बिदाइ गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro