site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपसभामुखको पत्रबारे रास्वपा बोलेन, खतिवडाले प्रश्न उठाउँदा सभामुखले भने– छुट्टै छलफल गरौँला

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे प्रश्न उठेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्को गरिमासँग जोडिने प्रश्न उठेको बताउँदै सभामुख र उपसभामुखको धारणा मागेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो गम्भीर विषय आयो । यो संसद्को गरिमासँग जोडिएको, हाम्रो मानमर्यादासँग जोडिएको विषय आयो,” खतिवडाले बैठकमा भनेका थिए, “यो केसलाई कसरी लैजाने हो ? सभामुखले कसरी लिनुभएको छ ? उपसभामुख यहीँ हुनुहुन्छ, कसरी लिनुहुन्छ ?”

खतिवडाले पत्रबारे प्रश्न उठाएपछि सभमुखले आफूले पत्रपत्रिकाबाट जानकारी पाए पनि उपसभामुखसँग संवाद नभएको बताए ।

“सभामुखज्यूले मैले पनि पत्रपत्रिका हेरेर थाहा पाएँ, यसबारे उपसभामुखसँग कुरा गर्न पाएको छैन । कुरा गर्छु भन्नुभयो,” खतिवडाले बाह्रखरीसँग भने, “उहाँले आज कार्यव्यवस्थामा होइन, यसबारे छुट्टै छलफल गरौँला भन्नुभएको छ ।” 

खतिवडाका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले उपसभामुखको विषयबारे बोलेनन् ।‍ “उपसभामुख त्यसममा बोल्न खोज्दै हुनुहुन्थ्यो । सभामुखले छुट्टै छलफल गरौँला भनेपछि रोकिनुभयो,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्