site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्का घटनामा परी देशभर १२५ को मृत्यु, आठजना बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । बाढीपहिरो लगायतका विपद्का घटनाबाट देशभर १२५ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परी बिहीबार दिउँसोसम्ममा सो संख्यामा मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।  

विपद्का घटनामा परी काठमाडौं उपत्यकामा दुईजना, कोसी प्रदेशमा २२ जना, मधेसमा पाँच, वाग्मतीमा २०, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा आठजनाका मृत्यु भएको प्रहरीले जनाएको छ । 

साथै, काठमाडौं उपत्यकामा आठजना, कोसीमा ३४, मधेसमा ९, वाग्मतीमा सात, गण्डकीमा २९, लुम्बिनीमा ९, कर्णालीमा ३३ र सुदूरपश्चिममा १४ गरी जम्मा १४३ जना घाइते भएका छन् ।

विपद्का घटनामा परी ५३ जनाको उद्धार गरिएको छ । कोसीमा ४१ र गण्डकीमा १२ जनाको उद्धार गरिएको छ ।

हालसम्म आठजना बेपत्ता छन् । बाढीपहिरोमा परी कोसीमा दुईजना, मधेसमा एक, वाग्मती प्रदेशमा दुई तथा गण्डकी, कर्णाली र सुदूरपश्चिममा एक–एकजना बेपत्ता छन् । प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ । 

बाढीको कारण १८२ घर डुबानमा परेका छन् । २२२ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५८५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ७२१ घर परिवार विस्थापित भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro