site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालबाट बंगलादेश ४० मेगावाट विद्युत् निर्यातको अन्तिम टुंगो साउन १३ गते

काठमाडौं । बंगलादेशले नेपालबाट लैजाने भनिएको ४० मेगावाट बिजुलीका विषयमा यही साउन १३ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरिने भएको छ । काठमाडौंमा नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको उपस्थितिमा हस्ताक्षर गरिने भएको हो ।

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का अधिकारीबीच त्रिपक्षीय सम्झौता हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

“जुलाई २८ (साउन १३) मा काठमाडौंमा तीनै देशका मन्त्रीहरूबीच बंगलादेशमा ४० मेगावाटको पावर सेल एग्रिमेन्टमा हस्ताक्षर गर्ने मिति तय भएको छ,” उनले भने, “यसका लागि हामीले भारतीय मन्त्री मनोहर लाललाई पनि आज पत्र पठायौँ । यस्तै, बंगलादेशका ऊर्जा राज्यमन्त्रीलाई पनि पत्राचार गरेका छौँ ।”

Dabur Nepal
NIC Asia

सिंहका अनुसार, काठमाडौंमा उक्त सम्झौतापत्रमा हस्ताक्षरपछि साउन १४ गते पोखरामा जोइन्ट वर्किङ ग्रुप (जेडब्ल्यूजी) र १५ गते जोइन्ट स्ट्रेरिङ कमिटी (जेएससी)को बैठक बस्नेछ । नेपालबाट बंगलादेशले प्रतियुनिट ६.४० सेन्टमा किन्ने गरी यसअघि नै मूल्य तय भइसकेको छ । अन्तिम सम्झौतासँगै नेपालबाट भारत हुँदै विद्युत् बंगलादेश पुग्ने सिंहले बताए ।

प्राधिकरणले वर्षायामका ६ महिनामा ४० मेगावाट विद्युत् खरिदका निम्ति बंगलादेशसमक्ष प्रस्ताव गरेको थियो । त्यसानुसार बीपीडीबीले बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराएको थियो ।

विद्युत् खरिद सम्झौताका लागि गएको महिना बंगलादेशको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । त्यसपछि सम्झौताका निम्ति बीपीडीबीले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

बीपीडीबीले ०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, नेपाल र भारतका निकायबीच त्रिपक्षीय सम्झौता गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । सोहीबमोजिम प्राधिकरणले विद्युत् बिक्री गर्न दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो ।

प्राधिकरणले भारतीय अनुदानमा निर्मित तथा आफ्नो स्वामित्वको २५ मेगावाट क्षमताको त्रिशूली र सहायक कम्पनीमार्फत बनाइएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतीय बजारमा विद्युत् निर्यातका निम्ति स्वीकृत आयोजना हुन् ।

प्राधिकरणले वर्षायामका ६ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म लगातार पाँच वर्ष ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्नेछ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनमार्फत बंगलादेशमा विद्युत् निर्यात गरिनेछ । बंगलादेश निर्यात गरिने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ ।

मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारणलाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारणलाइन हुँदै विद्युत् त्यहाँ पुग्नेछ ।

मुजफ्फरपुर विन्दुपछिको प्रसारणलाइन शुल्क र चुहावट एनभीभीएनले लिनेछ । ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने बंगलादेशले व्यहोर्ने तय छ । बंगलादेशको सीमासम्म पुग्दा विद्युत्को प्रतियुनिटदर करिब ७.६ सेन्ट पुग्ने प्राधिकरणले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro