site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामसङ जेड फोल्ड र जेड फिल्प ६ नेपालमा : अनेकौँ एआई फिचर, मूल्य कति ?

काठमाडौं । सामसङले आफ्नो ग्यालेक्सी जेड सिरिजका दुई फोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले जेड फोल्ड ६ र जेड फिल्प ७ बुधबार नेपालमा सार्वजनिक गरेको हो । यी फोन विश्वबजारमा ६ दिनअघि अर्थात् जुलाई १० मा सार्वजनिक गरिएको थियो ।

सामसङले आफ्ना फ्ल्यागसिप फोनमा ग्यालेक्सी आर्टिफिसियल इन्टेलीजेन्स (एआई) समावेश गरेको छ । नयाँ सार्वजनिक फोनमा पनि एआईका विशेष फिचर रहेको सामसङले जनाएको छ ।

कस्तो छ ग्यालेक्सी जेड फोल्ड ६ ?
यो मोडलका स्मार्टफोनमा गुगल सर्च गर्न जुनसुकै विषयलाई पनि सर्कल अथवा घेरा लगाउन सकिने फिचर उपलब्ध छ ।

Dabur Nepal
NIC Asia

यस्तै, फोनको नोट एपमा एउटा भाषामा भ्वाइस टाइप अथवा टाइप गरेको कुरा तत्काल अर्काे भाषामा सुन्न वा देख्न सकिने एआई फिचर छ । नोटहरूलाई क्षणभरमै समराइज गर्न सकिने फिचर पनि रहेको कम्पनीले जनाएको छ ।

फोनमा एआईकै मद्दतले तस्बिर एकछिनमै इडिट गर्न सकिने बताइएको छ । आफैँले बनाएको स्केचका आधारमा फोनमा फोटो बनाउन सकिने फिचर पनि उपलब्ध छ ।

फोनभित्र उपलब्ध गुगलको जेमिनीसँग च्याट गरेर आइडिया लिन सकिने सामसङको भनाइ छ ।

फोनको तौल निकै हलुका २३९ ग्राम छ । मोटाइ ५.६ मिलिमिटर छ ।

जेड फोल्ड ६ मा १० मेगापिक्सेलको सेल्फी क्यामेरा र ४ मेगापिक्सेलको अन्डरडिस्प्ले क्यामेरा छ । पछाडि १२ मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको मुख्य र १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा छ । एआईमा आधारित जुम फिचर फोनमा रहेको कम्पनीले जनाएको छ ।

फोनमा २६०० निट्सको पिक ब्राइटनेस र गेमिङका निम्ति डेढ गुणा बुस्टर ब्राइटनेस छ । स्न्यापड्र्यगान ८ जेन ३ चिप रहेको फोनको जीपीयू १९ प्रतिशत तीव्र रेन्डर गर्न सक्ने, एनपीयू ४२ प्रतिशत र सीपीयू १८ प्रतिशत तीव्र रहेको सामसङले जनाएको छ ।

फोनमा रहेको ४४०० एमएएचको ब्याट्री गीत सुन्दा ७७ घण्टा र भिडियो हेर्दा २३ घण्टा चार्ज टिक्ने बताइएको छ ।

ग्यालेक्सी जेड फोल्ड ६ को १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको भेरियन्टको मूल्य दुई लाख ३४ हजार ९९ रुपैयाँ तोकिएको छ । १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजको भेरियन्टको प्रतिमूल्य दुई लाख ४९ हजार ९९९ रुपैयाँ कायम छ ।

ग्यालेक्सी जेड फिल्प ६
जेड फोल्डजस्तै एआई फिचर रहेको जेड फिल्प ६ मा फोन फिल्क्सविन्डोमा रहेका बेला म्यासेज देखिँदै जाने र एआईको मद्दतबाट रिप्लाई गर्न सकिने सुविधा छ । फिल्क्सविन्डोलाई कैयौँ तरिकाले कस्टुमाइज गर्न सकिने अप्सन पनि फोनमा उपलब्ध छ ।

जेड फिल्प ६ को पछाडि ५० मेगापिक्सेल र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा छ । ४००० एमएएचको ब्याट्री गीत सुन्दा ६८ घण्टा र भिडियो हेर्दा २३ घण्टा टिक्ने कम्पनीले जनाएको छ ।

नेपालमा उपलब्ध ग्यालेक्सी जेड फिल्प ६ को १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको भेरियन्टको प्रतिमूल्य एक लाख ५४ हजार ९९९ रुपैयाँ छ ।

काठमाडौंमा कम्पनीले आयोजना गरेको ‘लन्च’ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्कले ग्यालेक्सी एआई (आर्टिफिसियल इन्टेलीजेन्स) रहेका यी फोनले मानिसको दैनिकीमा ‘व्यापक’ मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले यो वर्ष सामसङका २० करोड ग्यालेक्सी डिभाइसमा ग्यालेक्सी एआई उपलब्ध भइरहेको बताए ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फिल्प ६ मा अनेकौँ महत्त्वपूर्ण एआई फिचर रहेको बताए । उनले हाल नयाँ ग्राहकलाई विशेष नगद छुट र अफर रहेको जानकारी गराए ।

फोनसँगै सामसङले २२ हजार ९९९ रुपैयाँ पर्ने बड्स थ्री र ३१ हजार ९९९ रुपैयाँको बड्स थ्री प्रो पनि सार्वजनिक गरेको छ ।

यस्तै, सामसङको वाच ७ पनि नेपालमा उपलब्ध छ । यसको ४० मिलिमिटर साइजको भेरियन्टको प्रतिमूल्य ४४ हजार ९९९ र ४४ मिलिमिटर साइजको भेरियन्टको मूल्य ४९ हजार ९९९ रुपैयाँ कायम छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro