site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विश्वभर चर्चामा रहेको अम्बानीपुत्रको विवाह, समारोहमात्रै चार महिना 

एजेन्सी । विश्वका धनीमध्येमा पर्ने रिलायन्स इन्डस्ट्रिजका मालिक भारतका मुकेश अम्बानीका कान्छा छोरा अनन्त र उद्योगपति वीरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टको विवाह अहिले विश्वभरी नै चर्चाको शिखरमा छ । 

गएको मार्च महिनादेखि सुरु भएको यो विवाह आइतबार अन्तिम रिसेप्सनपछि पूरा भएको छ । झण्डै चार महिनासम्म भएको यो विवाहलाई लिएर प्रशंसा र आलोचना गर्ने दुवै छन् ।  विवाहका कारण बजारमा आर्थिक गतिविधि बढ्ने भएकोले एकथरीले यसलाई राम्रै मान्ने गरेका छन् । 

तर, ठूलो संख्या भने त्यसलाई राम्रो मान्दैनन् । ठूलो संख्याको जनसंख्या गरिबीको रेखामुनि रहेको भारतमा यसखालको धनको पोज देखाउनुलाई धेरैले नराम्रो रुपमा व्याख्या गरेको  पाइएको छ ।  अम्बाननीका छोराको खास विवाह चाहिँ यही जुलाई १२को दिन थियो । जुन मुम्बईको जियो वर्ल्ड सेन्टरमा भएको थियो । 

Dabur Nepal
NIC Asia

विवाह कार्यक्रममा अलग–अलग क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  दिग्गजहरु सहभागी थिए । 

जिओ वर्ल्ड सेन्टरमा विश्वभरीका ठूला उद्योगपति, कम्पनीका प्रमुख, फिल्म, ग्ल्यामर र खेल जगतका स्टार सहभागी थिए ।

कार्यक्रममा सहभागी हुन बेलायतका पूर्वप्रधानमन्त्रीहरु  टोनी ब्लेयर र बोरिस जोहन्सन मात्रै होइन फिफाका प्रमुख जियानी इन्फेन्टिनो सामसङका प्रमुख जय वाइ ली जस्ता सयौं चर्चित व्यक्ति  सहभागी थिए ।   

विदेशी पाहुनाका अतिरिक्त भारतका राजनीतिक नेता,उद्योगपति, स्पोर्टस स्टार र बलिउडका कलाकारहरु पनि सहभागी थिए ।  यो विवाहको तयारी चार महिना अघि देखिकै हो ।  मिडिया रिपोर्टका अनुसार यो विवाह कार्यक्रममा करिब ६ हजार करोड रुपिया खर्च भएको  छ ।

“यो शाही विवाह भन्दा कम भएन,” लेखक तथा स्तम्भकार शोभा डेले बीबीसीसँग भनेकी छन्, “हाम्रा बिलिनियर्सहरू नयाँ भारतीय महाराजा हुन् ।”

भारतीयहरुले यस्तो शैली बेलायतबाट सिकेको उनको तर्क छ ।  दशौं मिलियन्स मानिस गरिबीको रेखामा रहेको बेलामा प्रदर्शन गरिएकोमा आलोचना समेत भएको छ ।  ‘यो विवाह  देशको वास्तविकतालाई उपहास गर्ने खालको भएको’ लेखक तथा कमेन्टेटर सन्तोष देसाईले बीबीसीसँगको कुराकानीमा बताएका छन् ।  

पहिला धनको बारेमा कुरा गर्दा कानेखुसी गर्ने गरिएकोमा अहिले सकेसम्म ठूलो स्वरमा प्रचार गर्न थालिएको उनको कथन छ । तेल, टेलिकम, केमिकल्स, प्रविधि, फेसन तथा खाद्यान्नमा राम्रो सहभागिता जनाएका ६६ वर्षिय अम्बानीसँग १२३ बिलियन डलरको सम्पत्ति रहेको फर्बिजको रिपोर्टमा उल्लेख छ । 

जसअनुसार उनी विश्वकै ११औं धनी व्यक्ति हुन् ।  बेहुलो अनन्त रिलायन्स इन्डस्ट्रिजको बोर्ड अफ डाइरेक्टर हुन् । 

प्रि वेडिङ पार्टी

गएको मार्चमा अम्बानीले आफ्नो पारिवारिक होमटाउन गुजरातको जामनगरमा प्रि वेडिङ पार्टीको आयोजना गरेका थिए । त्यहाँ उनको विश्वकै ठूलो आयल रिफाइनरी पनि छ । उक्त पार्टीमा देश विदेशका  १२०० अतिथी बोलाइएका थिए ।  

तिनमा मेटाका प्रमुख मार्क जुकरबर्ग, माइक्रोसफ्टका बिल गेट्स देखि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का समेत  थिए । पार्टी ग्लास हाउसमा गरिएको थियो ।  जुन त्यही कार्यक्रमको लागि बनाइएको थियो ।

त्यसको संरचना न्यूयोर्कको ब्रुकलिनमा रहेको बोटानिकल गार्डेनको  पाल्म हाउस शैलीमा बनाइएको थियो ।  त्यस्तो बनाउनुको पनि कारण थियो । पाल्म हाउस मिसेस मर्चेन्टलाई मन पर्ने स्थान थियो । जतिबेला उनी न्यूयोर्कमा पढ्दै थिइन् त्यतिबेला उनी त्यहाँ जाने गरेकी थिइन् ।  

सो कार्यक्रममा पप स्टार रिहानालाई पनि बोलाइएको थियो । सेफले  २००० खानाका  डिसेज सर्भ गरेका थिए । अतिथीहरु लक्जरी टेन्टमा बसेका थिए ।  कार्यक्रमका लागि १० पेज लामो ड्रेस म्यानुअल बनाइएको थियो । 
जसमा ‘जंगल फिभर’को झल्को दिनुपर्ने जनाइएको थियो । 

दुलहीको लेहेंगा पिन्क भर्सेज ड्रेस एक्टर ब्लेकले २०२२को मेट ग्यालामा लगाएका जस्ता तयार पारिएको थियो ।  एउटा लेहेंगा सिलाउन  ५७०० घण्टा लागेको जनाइएको थियो । अनन्तले लगाएको  रिचार्ड मिल्ले घडी देखेर मेटाका प्रमुख जुकेनबर्ग र उनकी पत्नी प्रिस्किल्ला पनि चकित खाएका थिए ।  

जसको मूल्य १ दशमलब ५ मिलियन डलर भनिएको थियो ।  सो घडीबारे जुकेनबर्गले चासो दिएको विषय त्यतिबेला भाइरल भएको थियो ।  

त्यतिमात्र होइन अम्बानी परिवारको वैवाहिक कार्यक्रमलाई सघाउन भारत सरकारले रातारात त्यहाँको सानो बिमानस्थललाई  अन्तर्राष्ट्रिय बिमानस्थल बनाएको थियो । सेना  र एयरफोर्स नै तैनाथ गरिएका थिए । 

दोस्रो चरण

विवाहको दोस्रो चरण अन्तर्गत गएको जुन महिनामा सो जोडी  इटालीको ताइरेहियन समुन्द र फ्रेन्च मेडिरटरेनियनमा १२०० अतिथीका साथ गएको थियो ।  उनीहरुले रोम, पोर्टोफिनो, गेनाआ र क्यानिजमा लेट नाइट सम्म बिताउँदा स्थानीयले धेरै हल्ला भयो भनेर कम्प्लेन समेत गरेको बताइन्छ ।  

सो कार्यक्रममा विश्वचर्चित गायिका क्याटी पेरी र  इटालियन टेनर एन्ड्री बोसेल्लीलगायतकालाई पनि समावेश गरिएको बताइएको छ ।

तेस्रो तथा अन्तिम चरण 

तेस्रो चरणको कार्यक्रम अघिल्लो साताबाट मुम्बईमा सुरु भएको हो ।  जहाँ अम्बानीको १ बिलियन डलरमा बनाइएको २७ तले फेमिली होम छ । जहाँ ६०० जना मात्रै कामदार राखेको बताइन्छ । गएको साता मुम्बईको फेमिली होममा विश्व चर्चित गायक जस्टिन बिबरलाई पनि बोलाइएको थियो । 

सो कार्यक्रमको भिडियो ३८ मिलियनपटक हेरिएको जनाइएको छ । इभेन्ट म्यानेजमेन्ट कम्पनीकी अश्विनी आर्याले ११ बिलियनदेखि १३ बिलियन रुपिया अम्बानी परिवारले पहिला नै विवाहमा खर्च गरिसकेको जनाएकी छन् ।  

भनिँदैछ कि रिहानालाई विवाहमा बोलाए बापत मात्रै  ७ मिलियन डलर दिइएको थियो । बिबरको लागि १० मिलियन डलर दिइएको अनुमान गरिँदै छ ।  पहिलो चरणको विवाहमहोत्सवका क्रममा  जामनगरमा अम्बानी परिवारले १४ वटा मन्दिर बनाएको थियो । उनले ५० निम्न आयका जोडीको पनि विवाह गराएका थिए । 

अम्बानी परिवारमा सबैको विवाह भइसकेकोले अन्तिम विवाहमा उनले धक फुकाएर खर्च गरेका छन् ।   पछिल्लो विवाह कार्यक्रममा भारी वर्षाले  ट्राफिक जाम भइरहेको बेलामा जाम गराएकाले मुम्बईबासी रिसाएका थिए ।
तर, डिजाइनरदेखि गहना व्यापारीसम्मले भने यस्ता विवाहलाई अवसरका रुपमा लिने गरेका छन् । 

तेस्रो चरणको विवाहमा फोटो खिच्ने जिम्मेवारी पाएका पापाराजी भरिन्दर चावलाले रोयल विवाहलाई, रोयल नै व्यवहार गरिएको बताएका छन् ।  विवाहमा पप स्टार ड्रेक, लाना डेल रे र एडीली पनि सहभागी भएका थिए । उनीहरु पनि सानो खर्चमा त्यहाँ नआएको जानकारहरु बताउँछन् । 
  
शान देखाउने मौका

भारतीय समाजले कुनै परिवारमा भएको  विवाहलाई आफ्नो सम्पति देखाउने अवसरका रुपमा अक्सर लिने गरेको पाइन्छ । यहाँ सम्मकी  देखाउनकै लागि ऋण लिएर विवाह गर्ने चलन भारतमा मात्रै होइन नेपालमा पनि छ । 

हिन्दू परिवारमा हल्दी गर्ने भनेर एक खालको धुमधाम चल्छ मुश्लिम परिवारमा हुने विवाहमा मेहन्दी, निकाह र बलीमाजस्ता कार्य हुन्छन् । इसाई विवाहमा बाजागाजा र रिसेप्सन समारोह हुने गरेको छ ।

अम्बानीको परिवारमा मात्रै होइन हरेक भारतीयको विवाहमा विवाहलाई शानको प्रतिक मानिने गरेको छ ।  हरेक परिवारले आफ्नो क्षमता अनुसार विवाह समारोहको आयोजना गर्ने गरेका छन् ।  उनीहरुको प्रयास विवाह भव्य होस भन्ने नै हुन्छ । सबैले आफन्तहरुलाई आफ्नो खर्च बढाइचढाइ गरेर देखाउने गरेका छन् ।

अर्बौँ डलरको विवाह बजार

निवेश बैंकिङ तथा पूँजी बजार फर्म नेफरिजले विवाहमा हुने गरेको भारी खर्चको जानकारी दिएको छ ।  जसअनुसार भारतमा विवाह समारोहसँग जोडिएको बजार करिब १० दशमलब ७ लाख करोड रुपैयाँको छ । 

रिपोर्टमा दाबी गरिएअनुसार आमरुपमा भारतीयहरु शिक्षाको तुलनामा विवाहमा दुई गुणा बढी खर्च गर्दछन् ।  विवाह देशमा खाद्य र किराना बजारपछि दोस्रो सबैभन्दा ठूलो बजार हो ।  यद्यपि विवाहमा भारतीयले मात्रै खर्च गर्ने चाहिँ होइनन् । 

अन्य देशमा पनि यस्तो चलन छ । भारतमा विवाहको बजार अमेरिकाको करिब ५ दशमलब ८ लाखभन्दा दुई गुणा बढी छ । यद्यपि चीनको १४ दशमलब १ लाख डलरको तुलनामा कम छ । विवाह समारोहको संख्याको कुरा गर्दा भारतमा हरेक वर्ष ८० लाख देखि १ करोड विवाह समारोह हुने गरेका छन् । 

जबकी चीनमा यो आँकडा ७० देखि ८० लाख  प्रति वर्ष  तथा अमेरिेकामा २० देखि २५ लाख हुन्छ ।   प्रतिविवाहको हिसाबले हेर्दा चीन र अमेरिकी परिवार भारतीयको तुलनामा बढी खर्च गर्दछन् । आँकडामा हेर्दा भारतीय विवाह समारोहका कारण परिवारमा पर्ने आर्थिक बोझ निकै ठूलो हुने गरेको छ । 

जेफरिजका अनुसार भारतमा विवाहमा औसत रुपमा १२ दशमलब ५ लाख रुपैयाँ खर्च हुने गरेको छ ।  धूमधामसँग हुने विवाहमा करिब २० देखि ३० लाख खर्च हुन्छ । अम्बानीको प्रंसग त अर्कै भइहाल्यो । तर, विवाहमा हुने खर्च औसत व्यय अर्थात १२ दशमलब ५ लाख रुपैयाँ भारतको जीडीपीको प्रतिव्यक्ति आय २ दशमलब ४ रुपियाँको लगभग पाँच गुणा बढी हो । 

(बीबीसीसहित विभिन्न एजेन्सीहरुको सहयोगमा)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro