site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनको जीडीपी २०२४ को ६ महिनामा पाँच प्रतिशत विस्तार

बेइजिङ । चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२४ को पहिलो ६ महिनामा पाँच प्रतिशत विस्तार भएको छ । ६१.६८ ट्रिलियन युआन अर्थात ८.४९ ट्रिलियन डलर पुगेको त्यहाँको राष्ट्रिय तथ्यांक ब्युरो (एनबीसी)ले सोमबार जनाएको छ । 

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको यो वर्षको दोस्रो चौथाइमा जीडीपीको वृद्धि पहिलो चौथाइको तुलनामा केही घटेको जनाइएको छ । पहिलो चौथाइमा ५.३ प्रतिशत रहेकोमा दोस्रोमा ४.७ मा झरेको छ । 

पर्यवेक्षकहरूले चीन २०२४ मा यसको विस्तार पाँच प्रतिशत पुर्‍याउने लक्षको ट्रयाकमै रहेको जनाएका छन् । विश्लेषकहरूले पहिलो ६ महिनामा पाँच प्रतिशत जीडीपी वृद्धिले आर्थिक वृद्धि स्थिर नै रहेको र दोस्रो चौथाइले पनि गतिलाई कायम नै राखेको जनाएका छन् ।

दोस्रो चौथाइको जीडीपी वृद्धि कम भए पनि तुलनात्मक रूपमा ठूला अर्थतन्त्रको तुलनामा अझै पनि तीव्र वृद्धि छ । जसले वार्षिक लक्ष्य प्राप्त गर्नका लागि उपयुक्त जग बसाउने अर्थशास्त्री तथा चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन इन्स्टिच्युट अफ वल्र्ड इकोनोमिक स्टडीजका पूर्वनिर्देशक चेन फेन्गींगले जनाएका छन् । ग्लोबल टाइम्स

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro