site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो छ मन्त्रीहरूको वरीयता : रमेश लेखक पाँचौँमा, १५औँमा चौरसिया

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो ।

राष्ट्रपतिले सोमबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओली मुलुकको ४५औँ प्रधानमन्त्री बनेका हुन् । सोमबारै उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार, प्रधानमन्त्री ओलीपछि मन्त्रिपरिषद्को दोस्रो वरीयतामा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व गरेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह छन् । वरीयताको तेस्रो नम्बरमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल छन् ।

त्यसपछि क्रमशः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव छन् ।

वरीयता सूची हेर्नोस्–
१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
५. रमेश लेखक – गृह
६. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७. आरजु राणा – परराष्ट्र
८. प्रदीप यादव – खानेपानी
९. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
१०. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
११. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१३. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१४. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
*१५. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१६. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
१८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१९. मानवीर राई – रक्षा
२०. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
२१. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
२२. ऐनबहादुर शाही – वन तथा वातावरण

*अजय चौरसिया १५औँमा हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro