site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस संस्थापनइतरले सिफारिस गर्‍यो मन्त्रीको नाम (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । स्रोतका अनुसार, टुंगो लगाइएका नाम नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् ।

इतर समूहले चार मन्त्रालय पाएको स्रोतको जिकिर छ । सिफारिस नाममा सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी छन् । यस्तै, काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ । 

स्रोतका अनुसार, मन्त्री बन्न सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार मुख्य आकांक्षी थिए । तर, उनीहरूलाई छानिएन ।

“राज्यमन्त्री पाए लीला बोखिम, प्रतिमा गौतम, मैना कार्की रावललगायतको पनि चर्चा छ । तर, अहिले यसै भन्न सकिन्न,” स्रोतले बाह्रखरीसित भन्यो ।

मन्त्रीको टुंगो लगाउन आइतबार बिहान विशालनगरमा उक्त समूहको बैठक बसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro