site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले तय गर्‍यो मन्त्री चयनको मापदण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीयमा शनिबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकबाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका निम्ति योगदान र योग्यतामा आधारित मापदण्ड तय गरिएको हो ।

योग्यता र योगदानलाई मुख्य आधार बनाएर प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा जाने मन्त्री छान्ने निर्णय बैठकबाट गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यस्तै, नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका सातसहित ११ जनाको मृत्यु र अविरल वर्षाका कारण देशभर विभिन्न भूभागमा बाढीपहिरो र डुबानमा परी भएको जनधनको ठूलो क्षतिप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । युद्धस्तरमा उद्धार, हराएकाको खोजी, नागरिकलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई बैठकबाट आग्रह गरिएको छ ।

प्राकृतिक विपद्‌मा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको पनि प्रवक्ता महतले बताए ।

कांग्रेसले सडक दुर्घटना न्यूनीकरणसम्बन्धी आवश्यक कानुनी व्यवस्थाका निम्ति पनि सरकारको ध्यानाकर्षण गरिएको जनाएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराएको बैठकका निर्णय पढ्नोस्–
पहिलो छ, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति भएअनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले)का अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने यो बैठकले निर्णय गरेको छ । योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरू चयन गर्ने यो बैठकले निर्णय गरेको छ ।

हामी सबैलाई थाहा छ, नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जनभन्दा बढी यात्रुहरू अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका सातजनासहित ११ जना मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशभरि विभिन्न भूभागमा बाढीपहिरो र डुबानमा परी भएको जनधनको ठूलो क्षतिप्रति कार्यसम्पादन समितिको बैठकले गहिरो समवेदना व्यक्त गरेको छ । यसबाट उत्पन्न परिस्थितिले नागरिकको जीवन कष्टकर भएको छ । सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभुति प्रकट गर्दछ । युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायसँग नेपाली कांग्रेस आग्रह गर्दछ । प्राकृतिक विपद्‌मा परी ज्यान गुमाउनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ । र, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि यो बैठकले गरेको छ । यो खालको सडक दुर्घटनाको अवस्था अन्त्य गर्न पनि सरकारले पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्यूनीकरणसम्बन्धी आवश्यक कानुनी व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गरेको छ । अहिले आन्तरिक छलफल भइराखेको छ । प्रधानमन्त्रीको शपथसँगसँगै यो सार्वजनिक हुन्छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro