राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बैठक बसेको हो ।
नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रीका निम्ति नाम टुंगो लगाउने निर्णय बैठकबाट गरिनेछ । यस्तै, पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल गरिने जनाइएको छ ।
विपद् व्यवस्थापनका बारेमा समेत छलफल गरिनेछ । विपद्का घटना न्यूनीकरणका निम्ति सरकारलाई सुझाव दिइने बताइएको छ ।
कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा छलफल गरिने बताइएको छ । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ १५:१६
प्रतिक्रिया दिनुहोस्