site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ढाकामोहन बरालका तीन लघुकथा
SkywellSkywell

समय                                                           

“यो पानी त राति मात्र आए हुने नि,” बसको झ्यालबाट भित्र पसेको बाछिटाबाट जोगिन झ्याल बन्द गर्दै भनेँ ।

“त्यही त दिनमा पानी परेपछि सबै चाँजोपाँजो बिग्रने,” सँगै बसेको गोपालले भन्यो ।

Dabur Nepal
NIC Asia

“कसो श्रीमतीले भनेको मानिएछ र छाता ल्याइएछ । हैन भने अफिसबाट जहिले फर्कंदा पनि रुझेर निथ्रुक्क हुनुपर्ने,” मैले भनेँ ।

“हामीलाई त पानी दिउँसै आएको जाती,” हाम्रो पछाडि बसेको मान्छेले भन्यो ।

“किन, पानीमा रुझ्न मन पर्छ कि कसो ?,” गोपालले सोध्यो ।

उसको उत्तर थियो, “पानीमा रुझ्नु र भिज्नुको सवाल हैन । भिरालो बस्ती, पैह्राको डर । दिउँसो पानी परे भाग्न त सकिएला, राति के गर्नु ?”

०००

असार

“ठिकै छ, अझ दुईचार दिन भान्जीलाई त्यतै राख्नु दाइ,” उसले फोनमा भनी ।

असारको बेला झमझम पानी परिरहेको थियो । भित्र खाना पकाउँदै गर्दा बाहिर निस्केर पिँडीमा आउने जाने गरिरहन्थी । लोग्ने विदेश गएको थियो । ऊ एक्लै घरमा थिई ।

पल्लो कान्लोपारिको साहिँलाको घर हेरे हाम्रो जस्तै त छ उसको पनि– उसले मनमनै भनी । खाना खाएर बाहिर आएर बसी ।

विदेशबाट लोग्नेको फोन आयो, “छोरी खोइ त ?”

“एक साता भयो, मामाघर गएकी छ,” उसले भनी ।

“किन लगेर राखेको त ?,” लोग्नेले सोध्यो ।

लोग्नेको उत्तर दिन खोज्दा खोज्दै भीरको बस्ती खस्न थाल्यो । ‘जे भए पनि छोरी त बचाएँ नि बुढा’ भनेर भन्न खोजी, तर भ्याइन ।

०००

रहर

“पाखोबारी कता छ हजुरको ?,” मैले सोधेँ ।

दायाँतर्फ देखाउँदै ‘उता थियो’ भने उनले ।

“अहिले गएको हो ?,” मेरो प्रश्न थियो ।

“चार वर्ष भयो खस्न थालेको, अहिले अलि बढी गयो,”
उनले भने ।

आकाशको बादल देखेर मनमा कताकताबाट डर आइरहेको थियो । कृषि गणना गर्न गएका हामी छिटोछिटो सोधपुछ गरेर हिँड्न थाल्दै थियौँ ।

मेरो साथीले आँगन चर्किएको देखेर भने, “अलि सुरक्षित ठाउँमा घर बनाउनुपर्दथ्यो नि !”

“मेरो पनि रहर त बालुवाटारमै बनाउने थियो । के गर्नु, आफ्नो जग्गा यही भीरमा मात्र छ,” उनले भने ।

(पोखरा–७, कास्की)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu