site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपतिसमक्ष जान्छौँ : प्रकाशशरण महत
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आफूहरू राष्ट्रपतिसमक्ष जाने बताएका छन् ।

पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै उनले संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् । प्रवक्ता महतले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको दाबी समेत गरे ।

सबैभन्दा ठूलो दलको सहमति रहेकाले ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उनको तर्क थियो । प्रवक्ता महतले सरकार गठन प्रक्रिया अघि बढेपछि पार्टीले मन्त्रीहरू चयन गर्ने पनि बताए ।

प्रवक्ता महतले कांग्रेस एमालेबीचको नयाँ सत्तासमीकरण बाह्य शक्तिले गराएको भन्ने प्रचण्डको आरोपमा कुनै सत्यता नभएको दाबी समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro