16138872711667798217.jpg)
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको छ ।
यही असार २३ गते छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको विन्दु कायम गरेको थियो । आज त्यसलाई पनि ‘ब्रेक’ गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढेर एक हजार ९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।