site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘रेकर्ड ब्रेक’ गर्ने वर्षाबारे अध्ययन गर्न विज्ञ टोली खटाइयो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न विज्ञ टोली खटाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आज टोली कञ्चनपुर गएको हो । 

कँडेलका अनुसार कञ्चनपुरको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको अध्ययन गरिने छ । कतिपय अवस्थामा वास्तविकतामाथि प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठिक छ छैनलगायत सबै विषयमा अध्ययन गरिने उनले बताइन् । 

Dabur Nepal
NIC Asia

अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय तथा सरकारी अधिकारीसँग जानकारी लिइने जनाइएको छ । पानी पर्दाको अवस्थामा स्थानीयको अनुभव पनि लिइने जनाइएको छ ।

कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा यही असार २३ र २४ गते परेको मुसलधारे वर्षाले ७८ वर्षकै रेकर्ड ब्रेक गरेको थियो ।

विभागले राखेको स्वचालित वर्षा मापन केन्द्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो । विभागबाट प्राप्त विवरणअनुसार दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३,६ मिलिमिटर तथा सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro