site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इन्डोनेसियाका पूर्वमन्त्रीलाई १० वर्षको जेल सजाय

जकार्ता (इन्डोनेसिया) । इन्डोनेसियाका पूर्वकृषिमन्त्रीलाई सार्वजनिक कोषको नौ लाख डलरभन्दा बढीको दुरुपयोग गरेको आरोपमा बिहीबार १० वर्षको जेल सजाय सुनाइएको छ ।

स्याहरुल यासिन लिम्पोलाई उनको मन्त्रालयको अधिकारीहरूलाई राज्यको खजानाबाट पैसा पठाउन आदेश दिएकोमा जकार्ता अदालतले दोषी ठहर गरेको थियो, जसमध्ये केही उनको व्यक्तिगत खर्चका लागि प्रयोग गरिएको थियो ।

Dabur Nepal
NIC Asia

प्रतिवादी कानुनी रूपमा भ्रष्टाचारको आपराधिक कार्य गरेकोमा दोषी साबित भएको पीठासीन न्यायाधीश रिएन्टो एडम पोन्टोहले जनाए । 

न्यायाधीशहरूले उनले आफ्नी श्रीमतीका लागि गहना र सौन्दर्य उपचारसहित व्यक्तिगत खर्चमा नौ लाख डलरभन्दा बढी खर्च गरेको पत्ता लगाएका थिए । इन्डोनेसियाका धेरैजनालाई पहिलो नामले जाने स्याहरुललाई रकम फिर्ता गर्न वा अदालतले उनको सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।

न्यायाधीशहरूले ६९ वर्षीय वृद्धलाई १९ हजार डलर जरिबाना तिर्न वा चार महिनाको अतिरिक्त जेल सजायको सामना गर्न आदेश दिए । अभियोजनकर्ताहरूले १२ वर्षको सजाय र ३१ हजार डलर जरिबाना माग गरेका थिए ।

अदालतले बिहीबार स्यहरुलको मुद्दामा कृषि मन्त्रालयका दुई पूर्वउच्च पदस्थ अधिकारीलाई चार वर्षको जेल सजाय पनि सुनाएको छ । प्रतिवादीहरूसँग अपिल सुरु गर्न सात दिनको समय छ । इन्डोनेसियाले हालका वर्षहरूमा भ्रष्टाचारको आरोपमा धेरै सरकारी अधिकारीहरूलाई पक्राउ गरेको छ ।

नोभेम्बरमा, इन्डोनेसियाका पूर्वसञ्चारमन्त्रीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि १५ वर्षको जेल सजाय भएको थियो । जसले देशलाई ५० करोड डलरभन्दा बढी नोक्सान पुर्‍याएको थियो । सन् २०२१ मा, एक पूर्वसामाजिक मामिलामन्त्रीलाई कोरोना भाइरस महामारीबाट पीडित गरिब परिवारहरूको लागि खाद्य सहायतासँग सम्बन्धित १.२ मिलियन डलर घुस लिएको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro