site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नियमन नहुँदा सहकारीको दुरुपयोग भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।

बिहीबार सिंहदरबारमा विभिन्न सरोकारवाला निकायसँगको छलफलबाट कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको निष्कर्ष निकालिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार सहकारी क्षेत्रमा संरचनागत प्रबन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना नबनाउने, नियमनकारी निकायहरू कमजोर हुने र दोस्रो चरणका नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सीमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको निचोडमा समिति पुगेको छ ।

बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतसँग सहकारी क्षेत्रको समस्याबारे छलफल गरेको छ ।

उनीहरूसँग संविधानले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा लिएको सहकारी क्षेत्रको संरचनागत संयन्त्र, सहकारी क्षेत्रको विकृति, बचत अपचलनलगायतका समस्याको समधानको उपायका सन्दर्भमा छलफल गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro