site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । “प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गर्‍यौँ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अब बन्ने नयाँ गठबन्धनको विषयमा पार्टीले के गर्छ भन्ने प्रश्नमा उनले संविधान संशोधनको ‘प्याडोरा बक्स’ खोले मात्र पुनः निर्णयमा पुग्न सकिने उनले बताए । “संविधान संशोधनको एजेन्डा हाम्रो हो । अब बन्ने गठबन्धनले प्यान्डोरा बक्स खोल्छ खोल्दैन हामी हेर्छौँ र निर्णय गर्छौँ,” उनले भने । 

असार १७ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो । सोही निर्णय बमोजिम असार १९ मा एमालेले सरकार छाडेको थियो । त्यसपश्चात् संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले शुक्रबार पाँचौँपटक विश्वासको मत फेस गर्दै छन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्