site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ मा ग्यालेक्सी एआई
SkywellSkywell

काठमाडौं ।  सामसङ इलेक्ट्रोनिक्सले बुधबार पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा आफ्नो नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सार्वजनिक गरेको छ ।

फोनसँगै कम्पनीले ग्यालेक्सी बड्स ३ र ग्यालेक्सी बड्स ३ प्रो पनि सार्वजनिक गरेको छ ।

Dabur Nepal
NIC Asia

सामसङले यस वर्षको सुरूमा ग्यालेक्सी एआईसहित मोबाइल एआई सुरु गरेको थियो ।

नयाँ ग्यालेक्सी जेड सिरिज जेड फोल्ड ६ र फ्लिप ६ ले एआई क्षमतालाई थप सशक्त बनाएको कम्पनीले जनाएको छ ।

यी फोनमा फोल्डेबल फर्म फ्याक्टर र मोबाइल एआई युगको सुरुआत गर्दै दुई परिपूरक प्रविधिलाई एकसाथ ल्याएको सामसङ इलेक्ट्रोनिक्सको मोबाइल अनुभव व्यवसायका अध्यक्ष र प्रमुख टीएम रोले भनेका छन् ।

ग्यालेक्सी जेड सिरिज सबैभन्दा स्लिम (पातलो) र हलुका रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ दुवैमा स्न्यापड्रागन ८ जेन ३ चिप छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu