site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडामा हरेक पाँच मिनेटमा एउटा कार चोरी
प्रतीकात्मक तस्बिर ।

ओटावा । क्यानडामा कार चोरी हुने घटनाले त्यहाँका बासिन्दा हैरान भएका पाइएको छ । एक तथ्यांकानुसार, सन् २०२२ मा त्यहाँ कुल एक लाख पाँच हजार गाडी चोरिएको थियो । यसको हिसाब गर्दा हरेक पाँच मिनेटमा एउटा कार चोरी हुने गरेको देखिएको छ ।

कार चोरीका पीडितमा त्यहाँका संघीय न्यायमन्त्री समेत छन् । उनको सरकारी गाडी टोयोटा हाइल्यान्डर एक्सएलई दुईपटकसम्म चोरिएको थियो ।

केही महिनाअघि इन्टरपोलले एउटा सूची सार्वजनिक गरेको थियो । त्यसमा १३७ यस्ता देश थिए, ती कार चोरी मामिलामा सबैभन्दा खराब थिए । सूचीमा क्यानडा टप १० मुलुकमा परेको थियो ।

Dabur Nepal
NIC Asia

इन्टरपोलका प्रवक्ताका अनुसार, गएको फेब्रुअरीयता विश्वमा यस्ता १५ सय कार पत्ता लागेका छन्, ती क्यानडाबाट चोरिएका थिए । यस्तै, करिब २०० कारको पहिचान हरेक हप्ता दोस्रो देशको बन्दरगाहमा गरिँदै आएको छ ।

कार चोरीको समस्याका कारण इन्स्योरेन्स ब्युरो अफ क्यानडाले ‘राष्ट्रिय संकट’ नै घोषणा गरेको छ । ब्युरोका अनुसार, बिमा कम्पनीले अघिल्लो वर्ष गाडीको चोरीको दाबीमा एक अर्ब अमेरिकी डलरभन्दा बढी रकम भुक्तानी गर्नुपरेको थियो ।

प्रहरी अधिकारीले गाडीलाई चोरीबाट बचाउने तरिकासहितको सार्वजनिक बुलेटिन नै जारी गर्नुपरेको थियो ।

क्यानडाका कतिपय मानिस स्वयंले नै कारको सुरक्षाका उपाय अपनाइरहेका पाइएको छ । उनीहरूले आफ्नो कारमा ट्रयाकर लगाउनुका साथै निजी सुरक्षाकर्मी राख्नेसम्मका कार्य गरिरहेका छन् । जो सक्षम छन्, उनीहरूले रिट्रैक्टेबल बोलार्डको समेत प्रयोग गरिरहेका छन् ।

कोरोना महामारीपछि अमेरिका, बेलायत र क्यानडामा कार चोरीका घटना बढेको जनाइएको छ ।

चोरी घटना
सन् २०२२ अक्टोबरमा एक बिहान क्यानडाका लोगन लाफरनियर सुतेर जब उठे, उनको रैम रिबेल ट्रक जहाँ पार्क गरिन्थ्यो – त्यहाँ खाली थियो ।

उनको नयाँ गाडी त्यहाँ थिएन । उनको घर ओन्टारियोको मिल्टन सहरमा छ । जब उनले सेक्युरिटी क्यामेरा हेरे, रातको अँध्यारोमा हुडी पहिरिएका दुई मानिस पिकअपमा छिरेर गाडीलाई सजिलै लिएर गएको देखियो ।

केही महिनापछि त्यही गाडी घानामा बिक्रीका निम्ति राखिएको वेबसाइटमा देखियो । घाना लोगनको घरबाट समुद्रपार करिब आठ हजार ५०० किलोमिटर दूरीमा छ । लोगनलाई पूरै भरोसा थियो कि त्यो गाडी उनकै हो । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro