site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पूर्वमा पहिरोमा पुरिएका तीन जनाको उद्धार, ७ वर्षीय बालक मृत भेटिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ स्थित दल्ली गैरामा वर्षाको कारण गएराति गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ । अन्य तीन जनाको उद्धार गरिएको छ । तर, उनीहरू गम्भीर घाइते छन् ।

दल्ली गैरा गोठमा राति सुतिरहेको अवस्थामा पहिरो जाँदा ४० वर्षीय कर्णबहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षिया तिलसरा बुढा गम्भीर घाइते भएका हुन् । सात वर्षीय बालक संगम बुढा भने मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उनीहरूको उद्धार गरेका थिए । थप उपचारका लागि घाइतेहरूलाई जिल्ला अस्पताल रुकुम पूर्व पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्