site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्‌बाट ज्यान गुमाएकाकाे परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरियाेस् : सांसद साउद
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एनपी साउदले गृह जिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाकाे परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ-संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पहिराेजस्ता विपद् न्यूनीकरण गर्न नसकिने बताए । 

KFC Island Ad
NIC Asia

“कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको छ । आवश्यक राहत केन्द्र सरकारले प्रबन्ध गर्न र उद्धारका कामहरूलाई अगाडि बढाउन, दिवंगतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरूलाई तत्काल पुनर्स्थापनाको काममा पनि केन्द्र सरकारले ध्यानदिन आवश्यक छ,” साउदले भने, “स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै यत्रो ठूलो विपद्लाई छाड्न सकिन्न । यतातिर सरकारको ध्यान जाओस् ।”

साउदले पटक–पटक सरकारलाई बाढीको पूर्वतयारी गर्न, बाढी नियन्त्रणाकाे काममा  सजग रहन आग्रह गरिए पनि सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको पनि बताए । उनले बाढी-पहिरोबाट देशभर ८० जनाको मृत्यु भइसकेको पनि संसद्लाई जानकारी गराए ।

Royal Enfield Island Ad


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro