site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपद्का घटनामा परी देशभर ७४ जनाको मृत्यु, ८८ घाइते  
तनहुँमा गएको पहिरो । फाइल तस्बिर ।

काठमाडौं । यस वर्षको मनसुन सुरु भएयता नेपालमा विपद्का घटनामा परी ७४ जनाको मृत्यु भएको छ । ८८ जना घाइते छन् ।

अविरल वर्षाका कारण २०८१ जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार विपद्‌मा परी काठमाडौं उपत्यकामा एकजना, कोसी प्रदेशमा १८, मधेसमा तीन, वाग्मतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको हो । 

विपद्का घटनाबाट देशभर ८८ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा तीनजना, कोसी प्रदेशमा २१, मधेसमा पाँच, वाग्मती  चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा १० जना घाइते भएको प्रहरीले जनाएको छ । 

यस अवधिमा ५३ जनाको उद्धार गरिएको छ । कोसी प्रदेशमा ४१ र गण्डकीमा १२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै, बाढीपहिरो जस्ता विपद्का घटनाबाट पाँचजना बेपत्ता छन् । बेपत्ता हुनेमा कोसी प्रदेशमा दुई, वाग्मतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण १६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार २९६ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro