site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाढीपहिरोबारे दीर्घकालीन समाधानको खोजी गरियोस् : सांसद राजभण्डारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सपना राजभण्डारीले काठमाडौं उपत्यकामा नदीहरू सहरमा पसेको नभई बस्ती नदीमा बसेको बताएकी छन् । जसका कारण विगत केही दिनदेखि काठमाडौं डुबानमा परेको भन्दै समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएकी छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले तीनै तहका सरकारहरूले मिलेर दीर्घकालीन समाधानको खोजी गर्न ढिला गर्न नहुने बताइन् । उनले पछिल्ला केही दिनयता मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनेको र जनधनको क्षति भएकोमा पनि सरकारको ध्यानाकर्षण गराइन् । 

“यहाँका खोला, नदीहरू सहरका बस्तीहरूमा पसेका होइनन् । सहर, बस्तीहरू खोला, नदीनाला बग्नुपर्ने ठाउँहरूमा ठडिँदा डुबानमा पर्ने, बगाउने भएको हो,” उनले भनिन्, “यो समस्या हल गर्नका लागि तीनै तहका सरकारहरूले मिलेर दीर्घकालीन समाधानको खोजी गर्न ढिला नगरोस् ।”
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्