site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुनका २७ दिन : ६० जनाको मृत्यु, चार बेपत्ता 
फाइल तस्बिर ।

काठमाडौं । यस वर्ष नेपालमा मनसुन सुरु भएयताको २७ दिनमा विपद्का घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ जेठ २८ गतेदेखि असार २२ गतेसम्मको अवधिमा उनीहरूको ज्यान गएको हो । बाढी, पहिरो र चट्याङका घटनामा परी उनीहरूको मृत्यु भएको केन्द्रको तथ्यांकले देखाउँछ । 

यस अवधिमा नेपालमा मनसुनजन्य विपद्का ४१९ घटना रेकर्ड भएका छन् । ती घटनामा चारजना बेपत्ता र ७२ जना घाइते भएको केन्द्रले जनाएको छ । 

विपद्का घटनाबाट ६५७ परिवार प्रभावित भएका छन् । ती घटनाले ४१ घरमा आंशिक र ५१ घरमा पूर्ण क्षति गरेको छ । मनसुनजन्य विपद्का घटनामा परी ४१९ चौपायको मृत्यु भएको छ । 

यस वर्ष मनसुन सुरु भएयताको अवधिमा पहिरोका घटनामा परी ३३, चट्याङ लागेर १९ र बाढीका घटनामा परी आठजनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro