site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
परशु प्रधान स्मृति अङ्क लोकार्पण

काठमाडौं । नेपाल स्रस्टा समाजको आयोजनामा महामना योगमाया दिवस सम्मान अर्पण तथा स्रस्टा दर्पण परशु प्रधान स्मृति अङ्कको लोकार्पण गरि मनाइयो ।

दिव्य शताब्दी पुरुष तथा मानव अधिकारबादी अगुवा डा. गौरी शंकरलाल दासको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा योगमायाको व्यक्तित्व परिचित गर्न अभियान सञ्चालन गर्ने अभियन्ता कविता चापागाईलाई रु.५० हजार १११ रूपैयाँ नगद सहित योगमाया अभियन्ता सम्मान २०८१ ले सम्मान गरियो ।

यसैगरी समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने शान्ता चौधरीलाई रु.२५ हजार १११ रूपैयाँसहित योगमाया राष्ट्रिय नारी सम्मान २०८१ द्धारा सम्मानित गरियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि,स्रष्टा समाजका अध्यक्ष,न्यौपाने समाजका अध्यक्षलगायतले सम्मान गरे ।

p5-1720335208.JPG
 

यसैगरी सोही अवसरमा स्रष्टा दर्पण पूर्णाङ्क ३१, परशु प्रधान स्मृति अङ्कको लोकार्पण समेत सम्पन्न भयो । 

उक्त स्मृति अङ्कमा ४२ जना विभिन्न साहित्यकार,स्रष्टाहरुले विभिन्न समयमा वरिष्ठ आख्यानकार स्व.परशु प्रधानका बारेमा लेखेका संस्मरण,समीक्षा,अन्तर्वार्ता आदि संग्रहित छन् ।

प्रमुख अतिथि दासले उतिबेलाको समाजमा परिवर्तनकारी,स्वनामधन्य योगमाया युगान्तकारी र अमर तपस्विनी भएको टिप्पणी गरे ।

p5-1720335208.JPG
 

योगमायाको त्यो योगदान उतिवेलाको विश्वलाई नै अदभुत रुपमा चकित पार्ने कार्य थियो भन्दै भोजपूर सिम्लेमा जन्मेकी तपस्विनी योगमायाको कर्मथलो जाने रहर जागेको बताए । 

सम्मानित व्यक्तित्वहरुलाई बधाई दिदैं उतिबेलाको समाजको विकृतिबिरुद्ध जलसमाधी लिने योगमाया श्रद्धाको पात्र भएको भन्दै यस्तो महान व्यक्तित्वको स्मरणमा गरिएको पवित्र कार्यक्रममा उपस्थित हुने सौभाग्यको निम्ति आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा सम्मानित चापागाईले योगमायाको योगदानको चर्चा गर्दै नेपालको पाठ्यक्रममा संलग्न उनको बारेको भ्रम उत्पन्न हुने खालको अपूरो विषय राखिएकोले त्यसको बारेमा सोच्न जरुरी भएको बताइन्। 

उनले योगमायाका विवाह,वालविधवा,जस्ता विषयमा पनि भ्रम छरिएको हुँदा सबैले सत्य के हो बुझ्न जरुरी हुने बताइन् । 

योगमाया सन्त स्वामी राम जस्ती हुन् भन्दै आफू सम्मानित भएकोमा आयोजक प्रति धन्यवाद ब्यक्त समेत गरिन् ।

p2-1720335207.JPG
 

अर्का सम्मानित व्यक्ति चौधरीले जल समाधीको लागि आफुमात्र नभएर थुप्रै अनुयायीहरुलाई समेत उत्प्रेरित गर्न सक्ने क्षमताकी योगमायाको जन्म अहिले पनि आवश्यकता भएकोमा जोड दिइन् । 

साथै उनले आफुले सानै उमेरदेखि कम्लरीको रुपमा जमिन्दारको घरमा बेहोर्नुपरेको दुःख बताउँदै भावुक बनिन् । पुरस्कार कम्लरीबाट दु:ख पाएका महिलाहरुको निम्ति खर्चने घोषणा पनि उनले गरिन् ।

यस अघि योगमायाको बारेमा धेरै खोज अनुसन्धान र अध्ययन गर्ने प्रा.डा.गोविन्दमानसिह कार्कीले सम्मान छनोट समितिको तर्फबाट आफ्नो मन्तब्य राख्दै आफुहरुले चयन गरेर भर्खरै सम्मानित गरेका ब्यक्तिहरुलाई चयन गर्दा खुसी लागेको भन्दै सम्मानित ब्यक्तिहरुको सामान्य परिचय र योगदान बारे चर्चा गरेका थिए ।

p3-1720335207.JPG
 

यसैगरी उक्त कार्यक्रममा सह आयोजकको तर्फबाट न्यौपाने बन्धु समाज नेपालका अध्यक्ष बलराम न्यौपाने,वरिष्ठ पत्रकार एवम् स्व. परशु प्रधानका छोरा प्रतीक प्रधान,पुरस्कार संस्थापक मध्येबाट राजेश न्यौपानेलगायतले आआफ्नो धारणा राखेका थिए । 

कार्यक्रमको सञ्चालन स्रष्टा समाजका महासचिव देविका तिमल्सिना तथा उपाध्यक्ष चेतनाथ कणेल‘हरित’ले संस्थाको संक्षेपमा परिचय राख्दै स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रेष्ठले समाजमा थुप्रै योगमाया जन्मनुपर्ने बताउँदै योगमायाका योगदानको चर्चा गरे । 

उनले समाजले स्थापना गरेका पुरस्कार र कार्यक्रमहरुको संक्षेपमा चर्चा गर्दै योगमाया र उनका अनुयायी ७६ जनाले समाधी लिएको दिन मौसमको समेत पर्वाह नगरी प्रमुख अतिथि लगायत साहित्यिक क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम गर्न पाउँदा खुसी लागेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरे ।

p4-1720335207.JPG
 

कार्यक्रममा डा. निलम कार्की निहारिकाले निर्माण गरेको योगमाया बृत्तचित्र प्रदर्शन गरिएको थियो ।

योगमायाको विवाह भएको घर, छरछिमेकी, उनले पानी भर्ने पँधेरो, अग्निदाह गर्ने प्रयास गरेको स्थान,योगमायाको तपस्या र समाधीस्थल लगायत विभिन्न स्थानमा उनका अनुयायी ,नातेदारहरुका आफन्तहरुसँगको भेटघाटबाट प्राप्त जानकारी सहित समग्र योगमायाको जीवनसँग जोडिएका प्रसङ्गहरु जानकारीमूलक बृत्तचित्र प्रर्दशन गएिको सो कार्यक्रममा समाजका सल्लाहकार शैलेन्द्र साकार,चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, पुरस्कार स्थापना गर्ने परिवारको तर्फवाट विमला थापा कडेल लगायत थुप्रै साहित्यकारहरु एवं स्रस्टा समाजका सदस्यहरुको उपस्थिति थियो ।कार्यक्रममा संस्थाको आजीवन विशिष्ट सदस्य बन्ने नयाँ महानुभावहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्