site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिकामा’ पुस्तक लोकार्पित
SkywellSkywell

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका लेखक तथा व्यवसायी सानुबाबु सिलवालद्वारा लिखित  ‘सपना र यथार्थमा अमेरिकामा’  नामक पुस्तक शुक्रबार बत्तीसपुतली, काठमाडौंमा आयोजित एक विशेष समारोहमा लोकार्पित गरिएको छ । कार्यक्रम मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्य र लेखकका ८६ वर्षिय पिता लीलानाथ सिलवालको सभापतित्वमा सम्पन्न भएको थियो ।

लोकार्पित पुस्तक २८३ पृष्ठको र ९ एकाइमा विभक्त रहेको छ । पुस्तकमा आर्थिक धरातलमा रहेर अमेरिकालाई चिनाउँदै अमेरिकामा रहेका नेपालीहरूको अनुभव, अमेरिकामा नयाँ जीवन सुरु गर्ने मार्गनिर्देशन, त्यहाँ उपलब्ध अवसरहरू, मुद्रा व्यवस्थापन, करलगायतका विषयहरू समेटिएका छन् । पुस्तकमा अमेरिकी कानुनसम्बद्ध केही मुद्दाहरू, सडक सुरक्षा र नियमका प्रसङ्गहरु, र संयुक्त राज्य अमेरिका र नेपालबीचको सम्बधजस्ता विविध विषयका बारेमा पनि जानकारी गराइएको छ ।  गीता सिलवालद्वारा प्रकाशित उक्त पुस्तक अमेरिकामा जीवनयापन गर्न चाहने र जीवन यापन गरिरहेका नेपालीहरूलाई उपयोगी हुने देखिन्छ ।

KFC Island Ad
NIC Asia

विमोचनका क्रममा प्रमुख अतिथि रेग्मीले विदेशमा रहँदा पनि सिलवालले नेपाल र नेपालीप्रति गरेको समर्पणको प्रशंसा गरे । उनले भने, ‘अमेरिकामा बसेर पनि सानुबाबु सिलवालले नेपाली जनताको हितका लागि गरेको प्रतिबद्धता साँच्चै प्रशंसनीय छ । नेपालमा पुस्तक विमोचन गर्ने उनको निर्णयले संसारको जुनसुकै ठाउँमा भए पनि नेपालीहरूको आफ्नो मातृभूमिप्रतिको मायालाई झल्काउँछ ।’

रेग्मीले ‘जननी जन्मभूमि स्वर्गदपि गरियसी, आमा र मातृभूमि स्वर्गभन्दा ठूलो हुन्छ’ भन्ने यथार्थ  उद्धृत गर्दै आफ्नो सांस्कृतिक पहिचान जोगाएर राष्ट्रको विकासमा योगदान पुर्‍याउनु पर्नेमा जोड दिए । उनले रोजगारी सृजना र कृषि विकासका लागि सामूहिक प्रयास गर्न आह्वान गर्दै देशको समृद्धिका लागि एकता र वैज्ञानिक र आधुनिक प्रक्रिया अपनाउन आग्रह गरे ।

लेखक सानुबाबु सिलवालले अवसरको खोजी गर्दै अमेरिका पुगेका तर चुनौती सामना गरिरहेका नेपालीलाई मार्गदर्शन र सहयोग गर्ने आफ्नो उद्देश्य रहेको उल्लेख गरे, ‘मलाई दुःखमा परेका नेपालीहरूबाट रातबिरात फोन आउँछ, यसलाइ म कत्ति पनि दुख मान्दिनँ । उनीहरुको समस्या समाधान खोज्न म निरन्तर लागिरहेको छु । मेरो उद्देश्य उनीहरूको आर्थिक समृद्धिको लागि मार्ग प्रशस्त गर्नु हो ।’

लेखक सिलवालले आफूले निरन्तर मिहिनेत र संघर्ष गरेर व्यवसायिक सफलता तिर उन्मेख भएको र यो क्रममा आफ्ना प्रेरणाका स्रोतहरुको उल्लेख गरे । ‘आफ्ना ज्ञान र अनुभव सबैमा बाँडन पाउँदा म निकै खुसी छु।’ लेखक सिलवाले भने ।

कार्यक्रममा अतिथिहरु डा. जयराज आचार्य, र डा. सुरेन्द्र केसी, सांसद जगन्नाथ खतिवडा, वरिष्ठ पत्रकारहरु होमनाथ दाहाल र तारा बरालले पनि लेखकको लगनशीलता र उदारताको मुक्तकण्ठले प्रशंशा गर्दै आआफ्नो अभिव्यक्ति राखेका थिए ।

समारोहमा वरिष्ठ साहित्यिक व्यक्तित्वहरू, पत्रकारहरू र विभिन्न क्षेत्रका विज्ञहरू लगायतको बाक्लो उपस्थिति थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro