site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा संसदीय दलको बैठक आह्वान, यी विषयमा गरिँदै छलफल
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाइएको छ । आइतबार (भोलि) बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने रास्वपाका सचेतक निशा डाँगीले जानकारी दिइन् ।

समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा बैठकमा छलफल गरिने उनले बताइन् ।

Dabur Nepal
NIC Asia

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भएयता केन्द्रीय राजनीति तरंगित छ । वर्तमान सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ । एमाले, जसपातर्फका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् 

रास्वपाका तर्फबाट मन्त्री बनेकाहरू पनि राजीनामापत्र बुझाउन बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहपछि रास्वपा सरकारबाट बाहिरिएको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro