site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सातामा सुनको मूल्य तोलामा २६ सयले बढ्यो
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । पछिल्लो एक साताको तथ्यांक हेर्दा सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Agni Group
NIC Asia

बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

Global Ime bank

बिहीबारको तुलनामा चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu