site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एसईईको मौका परीक्षाका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने ओलीको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले एसईईको मौका परीक्षाका लागि अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत नि:शुल्करूपमा उपलब्ध गराइने बताए ।

उनले काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने बताए । अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै उनले निःशुल्क अनलाइन शिक्षा लिन केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरे । उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर लाभ लिन सकिने जानकारी दिए ।

"तपाईंहरूसँग खुसी साटिरहेका बेला अब मौका परीक्षा दिने विद्यार्थीलाई खुसी म के साट्न चाहन्छु भने उहाँहरूलाई उत्तीर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका क्लासहरू अनलाइनमार्फत सबै विद्यार्थी एसईई दिँदै हुनुहुन्छ । उहाँहरूलाई उपलब्ध गराइनेछ, निःशुल्क । देशभर नै," उनले भने ।

अध्यक्ष ओलीले शिक्षकलाई आवश्यक तालिम दिन नसक्दा गुणस्तरीय शिक्षक पाउन कठिन रहेको पनि बताए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro