site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुकुल ढकालको निष्कर्ष– रास्वपा पार्टी होइन, ‘एनजीओ’ बन्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा पार्टी नभएर गैरसरकारी संस्था (एनजीओ)जस्तो बनेको निष्कर्ष निकालेका छन् ।

बिहीबार रास्वपाले सार्वजनिक गरेको ढकालको प्रतिवेदनमा पार्टीमा राजनीतिक संस्कार र बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख छ ।

“राजनीतिक पार्टीको मूल विचार एउटै हुनपर्छ र मूल विचारको बाटोमा हिँड्दा, कता कहीँ जानेमा द्विविधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा, एउटा एनजीओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन,” उनले प्रतिवेदनमा लेखेका छन् । 

पार्टी सोही कारण तथटस्थवाद, यथास्थितिवाद र तदर्थवादमा फसेको प्रतिवेदनमा उल्लेख छ ।

“राजनीतिक रणनीतिको कमी देखियो । सामान्यभन्दा सामान्य कुरामा कार्यविधि खोज्ने, नेता र कर्मचारीको फरक छुट्याउन नसक्नु, विचारभन्दा मत संख्या प्रधान हुनु आदि एनजीओको प्रारूपमा आएका रोग हुन्,” उनले लेखेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro