site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी छानबिन समितिले जीबी राईसहितलाई बोलायो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले जीबी राईसहित २९ सहकारी सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

देश–विदेश जता भए पनि अनुसन्धानको दायरामा आएर छानबिन कार्यमा सहयोग गर्न समितिको बिहीबार बसेको बैठकबाट अनुरोध गरिएको संयोजक सूर्य थापाले जानकारी दिए । 

“२९ वटा जुन सहकारीहरू अनुसूचीमा हुनुहुन्छ, जो समस्याग्रस्त र विभिन्न कारणले विवादमा रहनुभएका उहाँहरू छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग गर्नुस्, उपलब्ध हुनुस्, उपलब्ध भएर सूचना दिनुस् । देश–विदेशमा जता हुनुहुन्छ, त्यो भूमिका खेल्नुस् । कानुनबमोजिम नै यो अपिल गरेका छौँ,” उनले भने ।

बिहीबार समितिले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीलाई बैठकमा बोलाएर छलफल गरेको थियो ।

संयोजक थापाका अनुसार, समितिले गृहसचिव, प्रहरी महानिरीक्षकसहितलाई शुक्रबार बस्ने बैठकमा बोलाएर छलफल गर्ने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro