site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय खेलकुद नीति पुनरवलोकनको काम भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरवलोकनको काम भइरहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय युवा नीति परिमार्जनका निम्ति सबै प्रदेशका सरोकारवालासँग सुझाव लिइएको उनले जानकारी गराए । उनले अन्तर्राष्ट्रियस्तरमा पदक विजेता खेलाडीले पुरस्कारको राशि बैंकिङ खातामार्फत पाउने व्यवस्था पनि आफूले मिलाएको बताए ।

Dabur Nepal
NIC Asia

“राष्ट्रिय युवा नीति, २०७२ र राष्ट्रिय खेलकुद नीति, २०५७ लाई पुनरवलोकन गर्ने कार्य भइरहेको छ । यी नीतिहरू परिमार्जनका लागि सबै प्रदेशमा गई सरोकारवालाहरूको राय, सुझाव संकलन गरिएकाले युवा र खेलकुदको विषयमा देखिएका समस्या समाधान हुन्छ भन्ने मेरो विश्वास छ,” उनले भने ।

मन्त्री श्रेष्ठले बजेटको सीमितताका कारण खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न नसकिएको स्पष्ट पारे । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro